सुनगाभा न्यूजको सम्पादकमा गाहामगर नियुक्त
पाेखरा | कात्तिक २५, २०८१
पोखरा: पोखराबाट सञ्चालित सुनगाभा न्यूज डटकमको सम्पादकमा अर्जुन गाहामगर (सुशान्त) नियुक्त भएका छन् ।
भिजन गण्डकी नेटवर्क प्रालिद्धारा सञ्चालित सुनगाभा न्यूजको सम्पादकमा गाहामगर आज (आइतबार) नियुक्त भएका हुन् ।
गाहामगर यसअघि सुनगाभा न्यूजको समाचार प्रमुखका रुपमा कार्यरत थिए ।
यस्तै संस्थाको बजार व्यवस्थापकमा कृष्ण शर्मा नियुक्त भए । सम्पादक गाहामगर र बजार व्यवस्थापक शर्मालाई भिजन गण्डकी गण्डकी नेटवर्क प्रालिका अध्यक्ष किसान सुनारले खादा लगाएर बधाई ज्ञापन गरे ।
सुनगाभा न्यूजको सम्पादकमा नियुक्त भएका गाहामगर काठमाडौंबाट सञ्चालित एबिसी न्यूज टेलिभिजनमा पोखरा संवाददाताका रुपमा विगत ७ वर्षदेखि कार्यरत थिए ।
गाहामगर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका सचिवसमेत हुन् ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

